सुनसरी । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा भाग लिनका लागि सुनसरी जिल्ला क्रिकेट टोली आइतबार घोषणा गरिएको छ। भूपाल लुइँटेललाई टोलीको कप्तान नियुक्त गरिएको छ भने खेलाडीहरूलाई आगामी प्रतियोगितामा जिल्लाको गौरव उचाल्ने अपेक्षा गरिएको छ।
सुनसरी जिल्ला क्रिकेट संघले सार्वजनिक गरेको टोलीमा गौरव कटवाल, प्रकाश कार्की, समीर तिमिल्सिना, आकाश सर्राफ, रिजन मण्डल, नितेश रेग्मी (विकेटकिपर), रोहन शाह, विकल्प आचार्य, अफान ताहिर, रोशन खत्री (विकेटकिपर), कविराज घिमिरे, सुकुल श्रेष्ठ, आशिष मण्डल र रिजन पाण्डे समावेश छन्।
वैकल्पिक खेलाडीमा राजु विश्वकर्मा, अभिषेक शर्मा र विपुल साहलाई राखिएको छ। टोलीको प्रशिक्षकमा राजकुमार प्रधान र व्यवस्थापकमा ताहिर हुसेन नियुक्त भएका छन्। संघले टोलीका खेलाडीहरूलाई बधाई दिंदै आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न र सुनसरीको क्रिकेट प्रतिष्ठा उकास्नुपर्ने अपेक्षा व्यक्त गरेको छ। प्रधानमन्त्री कपका लागि छनोट टोलीले प्रदेशस्तरीय छनोटबाट राष्ट्रिय स्तरमा आफ्नो प्रदर्शन प्रस्तुत गर्ने तयारी गरिरहेको छ।
सुनसरी टोलीको घोषणा सँगै जिल्लाका खेलप्रेमी र समर्थकहरू आगामी प्रतियोगितामा टोलीको सफलता प्रती उत्साहित देखिएका छन्।
