business

सुनको मूल्य ह्वात्तै घट्यो, तोलामा २० हजार ५०० रुपैयाँको गिरावट

सुनको मूल्य ह्वात्तै घट्यो, तोलामा २० हजार ५०० रुपैयाँको गिरावट

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ। बिहीबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ७ हजार ६५ रुपैयाँ कायम भएको छ। हिजो बिहीबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ रहेको थियो भने चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ थियो। यसअनुसार आज सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँ र चाँदीको मूल्य ४४० रुपैयाँले घटेको छ।

ADVERTISEMENT

यसअघि गत बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ र चाँदी ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, गत मङ्गलबार सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँ र चाँदी ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने सेतो धातु ९चाँदी० प्रतिऔँस ११७ अमेरिकी डलरमा किनबेच भइरहेको छ। अन्तरराष्ट्रिय बजारको उतारचढावको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको व्यवसायीहरू बताउँछन्।