एजेन्सी — सुडानको पश्चिमी दारफुर क्षेत्रमा मंगलबार अर्धसैनिक बल Rapid Support Forces (आरएसएफ) को आक्रमणमा परी करिब २८ जनाको ज्यान गएको छ। सोही आक्रमणमा ३९ जना घाइते भएका छन्।

आरएसएफले पछिल्लो समय सुडानमा आफ्नो राजनीतिक र सैन्य शक्ति विस्तार गर्दै आएको छ। सन् २०१९ पछि सुडानमा संक्रमणकालीन सरकार र सत्ता संघर्षबीच सन् २०२३ अप्रिल १५ मा सुडानी सेना र आरएसएफबीच ठूलो संघर्ष सुरु भएको थियो, जसले पुरै देशमा गृहयुद्ध निम्त्याएको छ।
स्वास्थ्य केन्द्र र नागरिकमाथि आक्रमण
तीन वर्षदेखि चलिरहेको गृहयुद्धको अनुगमन गर्दै आएको क्गमबल म्यअतयचक ल्भतधयचप ले आक्रमणका क्रममा क्षेत्रको एक मात्र स्वास्थ्य केन्द्रमा क्षति पुगेको जनाएको छ। स्वास्थ्यकर्मीहरू पनि आक्रमणको निशानामा परेका थिए। एक जना स्वास्थ्यकर्मीको अवस्था अझै अनिश्चित छ। डाक्टर्स नेटवर्कले नागरिकमाथि भएको आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको स्पष्ट उल्लङ्घन र “पूर्णरूपमा आपराधिक कार्य” भएको बताएको छ।
जातीय तनाव र नरसंहारको आशंका
यो आक्रमण पश्चिमी दारफुरमा बढ्दो जातीय तनावका बीच भएको हो। हालै संयुक्त राष्ट्रसंघीय अनुसन्धानले आरएसएफले गैर–अरब समुदायविरुद्ध नरसंहार जस्ता कार्य गरेको निष्कर्ष सार्वजनिक गरेको थियो। स्वतन्त्र समूह भ्mभचनभलअथ ीबथभचक ले आरएसएफ लडाकुहरूले शहरका अधिकांश घरहरूमा आगजनी गरेको जनाएको छ। आगजनीका कारण स्थानीय बासिन्दा नजिकका गाउँतर्फ विस्थापित भएका छन्। विश्लेषकहरूले आक्रमणलाई सुडानको गृहयुद्ध र क्षेत्रीय अस्थिरता अन्तर्गत मानवअधिकारको संकटका रूपमा मूल्याङ्कन गरेका छन्।