Sports

साफ यू–१९ महिला च्याम्पियनसिपस् बंगलादेशलाई ४–० ले हराउँदै भारत च्याम्पियन

साफ यू–१९ महिला च्याम्पियनसिपस् बंगलादेशलाई ४–० ले हराउँदै भारत च्याम्पियन

काठमाडौं । साबिक विजेता बंगलादेशलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै भारतले साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि जितेको छ।

ADVERTISEMENT

शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेको भारतले उमेर समूहमा तेस्रो पटक साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि हात पारेको हो। भारतको जितमा जुलन नोङमाइथेम, एलिजाबेथ लाक्रा, पर्ल फर्नान्डेज र अन्विता रघुरमनले समान एक–एक गोल गरिन्।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा थप तीन गोल गर्दै खेलमा पूर्ण नियन्त्रण जमायो र उपाधि सुनिश्चित गर्‍यो। समूह चरणमा बंगलादेशसँग २–० ले पराजित भएको भारतले फाइनलमा शानदार पुनरागमन गर्दै त्यस हारको बदला लिएको हो।

समूह चरणका तीनै खेल जित्दै बंगलादेश समूह विजेता बनेको थियो भने भारत उपविजेता बन्दै फाइनलमा प्रवेश गरेको थियो।

माघ १७ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश र भुटान सहभागी थिए। प्रतियोगितामा नेपाल एक जित र दुई हारसहित तेस्रो स्थानमा रहँदा, सबै खेलमा पराजय भोगेको भुटान पुछारमा सीमित रह्यो।