काठमाडौं । पछिल्लो समय राजधानी काठमाडौंको वायु प्रदूषण चिन्ताजनक स्तरमा पुगेको छ। बिहीबार बिहान काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा चौथो स्थानमा पुगेको छ।
आईक्यू एयरको तथ्याङ्क अनुसार बिहान १० बजेसम्म काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (AQI) १८८ पुगेको छ, जुन ‘अस्वस्थ’ श्रेणीमा पर्दछ। काठमाडौंको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मापदण्डभन्दा २१।७ गुणा बढी रहेको जनाइएको छ। यसले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।
विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा बंगलादेशको राजधानी ढाका पहिलो स्थानमा रहेको छ भने पाकिस्तानको लाहोर दोस्रो र अफगानिस्तानको काबुल तेस्रो स्थानमा छन्। काठमाडौंपछि भारतको राजधानी नयाँ दिल्ली पाँचौँ स्थानमा रहेको छ।
लगातार बढ्दो प्रदूषणका कारण काठमाडौंवासीले स्वच्छ हावा र धुलो–धुवाँरहित वातावरणमा बस्न पाउने दिन कहिले आउने हो भन्ने अन्योल बढ्दो छ। सरोकारवाला निकायले प्रदूषण नियन्त्रणका लागि प्रभावकारी र दीर्घकालीन योजना लागू गर्नुपर्ने आवश्यकता देखिएको छ।

यस्तो छ शीर्ष १० सबैभन्दा प्रदूषित सहरको सूची :