Politics

लिचिबारी भ्रष्टाचार प्रकरणस् पूर्वमन्त्री गुप्ताको निवेदनमाथिको सुनुवाइ स्थगित

लिचिबारी भ्रष्टाचार प्रकरणस् पूर्वमन्त्री गुप्ताको निवेदनमाथिको सुनुवाइ स्थगित

काठमाडौं ।  लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथिको सुनुवाइ सर्वोच्च अदालतमा स्थगित भएको छ। न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको सुनुवाइ गुप्ताका कानुन व्यवसायीले स्थगित गराएका हुन्।पूर्वमन्त्री गुप्ताले विशेष अदालतले उनलाई थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै निवेदन दिएका थिए। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीरत्न श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठमाथि पदको दुरुपयोग गरी घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ। गुप्ताले अदालतमा आफूले कसैसँग घुस नलिएको र आरोप झुटो भएको दाबी गरेका छन्।