काठमाडौं। रुपन्देही क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेलले उल्लेख्य अग्रता बनाएका छन्।
हालसम्मको मतगणनामा खरेलले १६ हजार ७८८ मत प्राप्त गर्दै १३ हजार २७१ मतको फराकिलो अन्तर कायम गरेका छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ३ हजार ५१७ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले २ हजार २६४ मत ल्याएका छन्। नेकपाका सुभाष पाण्डे (विश्वदीप)ले ४६३ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका भीमबहादुर गौतमले ४०२ मत ल्याएका छन्।
रुपन्देही–२ मा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने बाँकी नै रहेको निर्वाचन कार्यालयले जनाएको छ।
ADVERTISEMENT
