Politics

रास्वपा नेता बालेन्द्र साहको भाषणमा समर्थकको चर्को हुटिङ

रास्वपा नेता बालेन्द्र साहको भाषणमा समर्थकको चर्को हुटिङ

चितवन । चितवनमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ले सम्बोधन गर्दा समर्थकहरूले उनको नाम लिएर भिडमा चर्को हुटिङ गरेका छन्। केहीबेर साहको भाषण नै अवरुद्ध भयो।

ADVERTISEMENT

रास्वपा सभापति रवि लामिछाने को क्षेत्रमा मञ्च सेयर गरेका साहको क्रेज देख्न लायक थियो। सामान्य कुरा गर्दा समेत समर्थकहरूले ठूलो स्वरमा हुटिङ गरेपछि साहले केहीबेर भाषण रोक्नुपरेको थियो। मुस्कुराउँदै उनले भिडलाई भने, “आइ लभ यू छ क्या”, जसपछि हुटिङ झन् चर्कियो।

थोरै समयपछि साहले फेरि हास्यपूर्ण ढंगले भने, “म अब के गरौं? गीत बजाउँ? नाचु?”। केहीबेरपछि हुटिङ अलिक कम भएपछि उनी आफ्नो भाषण अघि बढाउन सफल भए।

साहको यो शैली र समर्थकको उत्साहले भिडमा रमाइलो वातावरण सिर्जना गरेको छ।