Politics

राष्ट्रिय प्रजातन्त्र पार्टी को चेतावनी: रुपन्देही–२ मा कांग्रेसलाई सहयोग गरे कारबाही

राष्ट्रिय प्रजातन्त्र पार्टी को चेतावनी: रुपन्देही–२ मा कांग्रेसलाई सहयोग गरे कारबाही

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर(२ मा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ । यस्तो चेतावनी उसले आफ्ना पार्टीका नेतारकार्यकर्ताहरूलाई दिएको हो ।

ADVERTISEMENT

यसअघि राप्रपा रुपन्देही(२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति निकालेर कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको बताएका थिए ।  जिल्ला अध्यक्ष सागरप्रताप राणाले भने थापाले जारी गरेको विज्ञप्तिको खण्डन गर्ने पार्टीको तर्फबाट कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने कुनै निर्णय नभएको बताएका थिए ।

राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले क्षेत्रीय अध्यक्ष थापाको निर्णयमा आफ्नो समर्थन रहेको अनलाइनखबरसँगको अन्तर्वार्तामा बताएका थिए ।क्षेत्रीय अध्यक्ष थापाले गरेको निर्णय प्रति असहमति जनाउँदै उनलाई निलम्बन नै गर्ने निर्णय भएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए । रुपन्देही क्षेत्र नं २ मा राप्रपाले नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारहरुमा कुनै सत्यता छैन,’ श्रेष्ठले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन ।’

अन्यथा सहयोगद गरेको अवस्थामा कारबाही हुन सक्ने चेतावनी दिइएको हो । प्रवक्ता श्रेष्ठले विज्ञप्तिमै भनेका छन्, ‘पार्टीको नीति विपरीत यस्ता कार्यमा संलग्न हुने कुरा अनुशासनको विषय बन्छ ।’ त्यस क्षेत्रमा समानुपातिक तर्फको मत जुटाउन पार्टी पंक्ति र मतदातालाई राप्रपाले अनुरोध समेत गरेको छ । रुपन्देही(२ मा प्रत्यक्ष तर्फ राप्रपाको उम्मेदवार छैन ।

२०७९ को निर्वाचनमा समानुपातिकमा रास्वपाले २५ हजार ६७३, एमालेले २१ हजार १८३, कांग्रेसले १३ हजार ४५०, राप्रपाले ५ हजार ६००, जनमुक्ति पार्टीले ४ हजार १९७ र माओवादी केन्द्रले ३ हजार ४२९ मत पाएको थियो । त्यतिबेला एमाले उपाध्यक्ष विष्णु पौडेलले रास्वपाका गणेश पौडेललाई १ हजार ३७० मतले पराजित गरेका थिए ।

यसपटक चुनावी मैदानमा उत्रिएका उपाध्यक्ष पौडेल, रास्वपाका सुलभ खरेल, नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेल, नेपाल कम्युनिस्ट पार्टीका विश्वदीप पाण्डे ९सुभाष० लगायतले उम्मेदवारी दिएका छन् ।

जित नजिक रहेका उम्मेदवाहरूले समर्थन खोजिरहेका बेला राप्रपाभित्र भाँडभैलो देखिएको हो ।