Politics

यसरी मनाइयो काठमाडौंमा शहीद दिवस

यसरी मनाइयो काठमाडौंमा  शहीद दिवस

काठमाडौं । शहीद दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ। यसैक्रममा काठमाडौं महानगरपालिकाको आयोजनामा शहीद स्मारक, लैनचौरमा विशेष श्रद्धाञ्जली समारोह सम्पन्न भएको छ।
समारोहमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदानलाई स्मरण गरे।
श्रद्धाञ्जली सभाअघि प्रभातफेरी आयोजना गरिएको थियो। शान्तिवाटिकाबाट सुरु भएको प्रभातफेरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास तथा शहीदहरूको तस्बिर राखिएको बग्गी सहभागी थियो। प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो।
कार्यक्रममा शहीदहरूको योगदानको स्मरण गर्दै राष्ट्र निर्माणमा उनीहरूको बलिदान सदैव प्रेरणादायी रहने वक्ताहरूले बताएका थिए।

ADVERTISEMENT