काठमाडौं । म्याग्दीमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार पुनले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मतले अगाडि रहेका छन्।
धवलागिरी र मालिका गाउँपालिकाको हालसम्म ११ हजार २०१ मत गणना हुँदा पुनले ५ हजार ५०८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २ हजार ७१ मत ल्याएका छन्।
त्यस्तै नेकपाका अर्जुन थापाले १ हजार ६५६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (के.बी.)ले १ हजार ४९७ मत पाएका छन्।
म्याग्दीमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने अझै बाँकी रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।
ADVERTISEMENT
