Sports

महिला एसिया कप राइजिङ स्टारस् नेपाल पहिलो खेलमा पाकिस्तान एसँग पराजित

महिला एसिया कप राइजिङ स्टारस् नेपाल पहिलो खेलमा पाकिस्तान एसँग पराजित

काठमाडौं । थाइल्यान्डमा जारी महिला एसिया कप राइजिङ स्टार प्रतियोगिताको पहिलो खेलमा नेपाल ले पाकिस्तान ए टोलीसँग ३० रनले पराजित भएको छ।

ADVERTISEMENT

पहिले ब्याटिङ गरेको पाकिस्तान ए टोलीले २० ओभरमा ६ विकेटको क्षतिमा १३७ रन बनाएको थियो। कप्तान हाफ्सा खालिद अविजित ४० रनमा रहेकी थिइन्। यस्तै वाहिदा अख्तर ले २३ र हुरैना सज्जाद ले १७ रन योगदान दिइन्। नेपालले अतिरिक्त २० रन पनि दिएको थियो।

बलिङतर्फ नेपालकी कबिता कुँवर ले २ विकेट लिए भने मनिषा उपाध्याय , रिया शर्मा , सीता राना मगर र रुबिना क्षेत्री ले एक–एक विकेट हात पारे।

१३८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १०७ रनमात्रै बनाउन सक्यो। बिन्दु रावल ले सर्वाधिक ३९ रनको योगदान दिइन्। कबिता कुँवर १८ तथा सीता राना मगर १९ रनमा अविजित रहे।

बलिङतर्फ पाकिस्तानका अनोशा नासिर ले ३ र मोमिना रिसत ले २ विकेट लिए।

टी–२० फर्म्याटको प्रतियोगिता आजदेखि २२ फेब्रुअरीसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा एसियाका ८ उदीयमान टिम दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा भारत ‘ए’, पाकिस्तान ‘ए’, युएई र नेपाल रहेका छन् भने समूह ‘बी’मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र थाइल्यान्ड रहेका छन्।