भोजपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोजपुरबाट श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित भएका छन्।
आइतबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार राईले १६ हजार ६६३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरेका छन्। शेरधन राई कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन्।
त्यसैगरी नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७० मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद ओझाले ६ हजार १०२ मत ल्याउँदा नेपाल कम्युनिस्ट पार्टीका अजम्बर राई काङमाङले ५ हजार ७२८ मत प्राप्त गरेका छन्।
अन्तिम परिणामसँगै भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
ADVERTISEMENT
