काठमाडौँ । भूराजनीतिक कारण इन्धन तथा एलपीजी ग्यासको आपूर्तिमा समस्या उत्पन्न भएपछि भारत सरकारले एलपीजी ग्यासको उत्पादन र आन्तरिक वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ। भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले तेल प्रशोधन गर्ने कम्पनीहरूलाई एलपीजी उत्पादन बढाउन र अतिरिक्त उत्पादनलाई देशभित्रै प्रयोगमा लगाउन आदेश दिएको छ। मन्त्रालयले घरेलु घरायसी प्रयोगका लागि एलपीजी आपूर्तिलाई प्राथमिकता दिन भनेको छ।

कालोबजारी रोक्न र भण्डारण व्यवस्थापनका लागि अब २५ दिनको अन्तरमा मात्र पुनः बुकिङ गर्न सकिने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।
आवश्यक परे आयातित एलपीजी देशबाहिर आपूर्ति गर्दा अस्पताल, शैक्षिक संस्था जस्ता अत्यावश्यक क्षेत्रलाई प्राथमिकता दिने व्यवस्था गर्न भनिएको छ। त्यस्तै, अन्य क्षेत्रका लागि एलपीजी आपूर्तिको समीक्षा गर्न मन्त्रालयले समिति गठन गरेको छ। उक्त समितिले रेस्टुरेन्ट, होटल र अन्य उद्योगहरूका लागि एलपीजी आपूर्तिसम्बन्धी सुझाव दिने बताइएको छ।