झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह गृहजिल्ला झापा आइपुगेका छन्। नेता शाह झापा आउने खबरसँगै बिहानैदेखि विभिन्न चोकहरूमा उनलाई स्वागत गर्न समर्थक र शुभचिन्तकहरूको ठूलो भिड लागेको छ।
ADVERTISEMENT

झापाको प्रवेशद्वारदेखि नै उनलाई स्कर्टिङ गर्दै सयौँको संख्यामा रहेका समर्थकहरूले ुबालेन शाह जिन्दावादु को नारा लगाएका थिए। विशेषगरी युवाहरूको ठूलो उपस्थिति रहेको स्वागत कार्यक्रममा बालेनले स्थानीयबासीको माया र सद्भावलाई अभिवादन गर्दै स्वीकार गरेका थिए।