नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई फराकिलो मतान्तरले पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
शाहले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् भने ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन्। दुवैबीच ४९ हजार ६१४ मतको अन्तर रहेको छ।
निर्वाचनमा विजयी भएपछि शाहले मुख्य निर्वाचन कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन्। प्रमाणपत्र मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूले हस्तान्तरण गरेका हुन्।
ADVERTISEMENT
