काठमाडौँ । बार्सिलोनाले उपाधि होडमा आफ्नो प्रमुख प्रतिद्वन्द्वी रियल म्याड्रिडको हारको फाइदा लिँदै आइतबार स्पेनी ला लिगाको शीर्ष स्थानमा फर्केको छ । उसले क्याम्प नुमा भएको खेलमा लेभान्टेलाई सजिलै ३–० ले हरायो ।
ADVERTISEMENT

त्यसमा मार्क बेरनल, फ्रेन्क डे जोङ र फेरमिन लोपेजले एक एक गोल गरे । यो जितपछि बार्सिलोनाको ६१ अंक भएको छ । रियल भने ६० अंकमा दोस्रो स्थानमा रह्यो । अघिल्लो दिन रियल ओसासुनाविरुद्धको खेलमा पराजित रहेको थियो ।
अन्य खेलमा भिल्लारियलले भ्यालेन्सियालाई २–१ ले पराजित गर्दै तेस्रो स्थानमा आफ्नो पकड बलियो बनायो । उसको ५१ अंक भएको छ । यस्तै सेभियाले गेटाफेलाई १–० र सेल्टा भिगोले रियल मार्लोकालाई २–० ले हरायो ।ख