साना आकारका भए पनि पोषणले भरिपूर्ण बदामले शरीरलाई सम्पूर्ण रूपमा स्वास्थ्य राख्न मद्दत गर्छ। नियमित रूपमा भिजाएर सेवन गर्दा बदामले मुटु, मस्तिष्क, छाला, हड्डी, पाचन प्रणाली, प्रतिरोधात्मक क्षमता र मानसिक स्वास्थ्यमा महत्वपूर्ण सुधार ल्याउँछ। विशेषज्ञहरूले दैनिक ५–७ बदाम सेवन गर्न सिफारिस गरेका छन्, जसले स्मरणशक्ति बढाउने, तनाव कम गर्ने, तौल नियन्त्रण गर्ने, मुटुसम्बन्धी रोग र क्यान्सरको जोखिम घटाउने लगायतका लाभ पुर्याउँछ।

बदाम खाने स्वास्थ्य लाभ
१. मुटु स्वस्थ राख्न
बदाममा पाइने भिटामिन ‘ई’ र स्वस्थ बोसोले रक्तसञ्चारलाई सुधार गर्छ। यसले कोलेस्ट्रोल सन्तुलनमा राखेर मुटुसम्बन्धी रोगको जोखिम घटाउँछ। हरेक बिहान भिजाएर सेवन गर्दा मुटु दिर्घकालीन रूपमा स्वस्थ रहन्छ।
२. स्मरण शक्ति र मस्तिष्कको स्वास्थ्य
बदाममा प्रचुर मात्रामा ओमेगा–३ फ्याटी एसिड, प्रोटिन र भिटामिन ‘ई’ पाइन्छ। यसले मस्तिष्कको कोशिकालाई मर्मत गर्दै स्मरण शक्ति बढाउँछ। नियमित सेवनले ध्यान केन्द्रित गर्ने क्षमता र मानसिक सतर्कता पनि सुधार हुन्छ।
३. छालाको सौन्दर्य
भिटामिन ‘ए’ र ‘ई’ले छालालाई नरम र चमकदार बनाउँछ। सुख्खा छालामा प्राकृतिक चमक ल्याउन बदामको तेल पनि प्रयोग गर्न सकिन्छ।
४. तौल नियन्त्रण
बदाममा फाइबरको मात्रा उच्च हुने भएकाले पेट लामो समयभर भरिएको अनुभव हुन्छ। यसले भोक कम गर्ने भएकाले तौल घटाउन सहयोग पुर्याउँछ।
५. पाचन प्रणालीलाई बलियो बनाउँछ
फाइबरले आन्द्राको स्वस्थ ब्याक्टेरियालाई बढाउँछ। यसले कब्जियत, ग्यास र एसिडिटी जस्ता समस्याबाट राहत दिलाउँछ।
६. स्ट्रोक र फोक्सोको स्वास्थ्य
बदामले स्ट्रोकको जोखिम घटाउँछ र फोक्सोलाई बलियो बनाउँछ।
७.हर्मोन सन्तुलन र प्रजनन् क्षमता
महिलामा प्रजनन् क्षमता बढाउन र हर्मोन सन्तुलन कायम राख्न मद्दत गर्छ।
८. मधुमेहमा सहयोगी
कम सुगर हुने भएकाले मधुमेह रोगीले चिकित्सकको सल्लाह अनुसार सेवन गर्न सकिन्छ।
९. क्यान्सर र मानसिक स्वास्थ्य
बदाममा पाइने एन्टी–अक्सिडेन्ट, ट्राइपटोफन र भिटामिन ‘ई’ले कोलन, प्रोजेक्ट र अन्य क्यान्सरको जोखिम कम गर्छ। यसले डिप्रेसन र तनाव नियन्त्रणमा पनि सहयोग पुर्याउँछ।
१०. गर्भवती महिलाका लागि लाभ
गर्भवती महिलाले नियमित भिजाएर सेवन गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य सुधार हुन्छ।
११. शरीरका लागि पोषक तत्वको खानी
बदाममा भिटामिन ‘ई’, ‘ए’, भिटामिन सी, प्रोटिन, मिनरल्स, म्याग्नेसियम, पोटासियम, आइरन, फोस्फोरस लगायतका पोषक तत्व पाइन्छ। यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
१२. अन्य लाभ
बदामले हड्डी र जोर्नीलाई बलियो बनाउँछ, पाचन प्रक्रियालाई सुधार गर्छ, छालालाई नरम राख्छ, र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।