Global News

बंगलादेशको पुरानो दल बीएनपीले ल्यायो दुईतिहाइ मत

बंगलादेशको पुरानो दल बीएनपीले ल्यायो दुईतिहाइ मत

बंगलादेशको पुरानो दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले एकल दुईतिहाइ मत ल्याएको छ ।

ADVERTISEMENT

बंगलादेशको अखबार डेली स्टारका अनुसार बीएनपीले अहिलेसम्म गणना सकिएका २८४ चुनाव क्षेत्रमध्ये २०८ सिट जितेको छ ।

शेख हसिनाको दल अवामी लिगलाई प्रतिबन्ध गरेपछि बीएनपीले एकल प्रभाव देखाएर एकल दुईतिहाइ ल्याएको छ । रोचक पक्ष विद्यार्थीले खोलेको दल एनसीपी तथा धार्मिक कट्टरपन्थी दल जमान–इ– इस्लामी लगायतका ११ दलको गठबन्धनसँग एकल भिडेको बीएनपीको दुईतिहाइ आएको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बीएनपीका कार्यवाहक सभापति तारिक रहमानलाई शुभकामना सन्देश दिइसकेका छन् ।