काठमाडौँ ।  पश्चिमी इराकमा अमेरिकी वायुसेनाको इन्धन बोक्ने विमान दुर्घटनाग्रस्त भयो। दुर्घटनामा परेको केसी(१३५ स्ट्राटो ट्याङ्कर विमानमा दुई वटा विमान संलग्न थिए, जसमा अर्को सुरक्षित अवतरण भयो। अमेरिकी अधिकारीहरूले दुर्घटना आक्रमण वा फ्रेन्ड्ली फायरु नभएको बताएका छन्, तर चालक दलको अवस्था अज्ञात छ।
पश्चिमी इराकमा अमेरिकी वायुसेनाको एक इन्धन बोक्ने ९रिफ्युलिङ० विमान दुर्घटनाग्रस्त भएको छ। अमेरिकी सेन्ट्रल कमान्डले दिएको जानकारी अनुसार केसी–१३५ स्ट्राटो ट्याङ्कर विमान दुर्घटनामा परेको हो । उक्त घटनामा दुई वटा विमानहरू संलग्न रहेकोमा दोस्रो विमान भने सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ ।

Advertisement

अमेरिकी सैन्य अधिकारीहरूले यो दुर्घटना कुनै आक्रमण वा ‘फ्रेन्ड्ली फायर’ का कारण नभएको स्पष्ट पारेका छन् । घटना लगत्तै दुर्घटनास्थलमा तीव्र रूपमा उद्धार कार्य अघि बढाइएको छ । यद्यपि, विमानमा कति जना चालक दलका सदस्यहरू सवार थिए र उनीहरूको अवस्था के छ भन्नेबारे आधिकारिक रूपमा केही खुलाइएको छैन ।