सुनसरी | प्रतिनिधि सभा सदस्यका लागि सुनसरी क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवारी दिएकी यमुना केसी यतिबेला जनताको घरदैलोमा पुग्दै आशा, भरोसा र परिवर्तनको सन्देश सुनाइरहेकी छिन्। राजनीतिक भाषणभन्दा जनताको पीडा सुन्ने शैलीका कारण उनीप्रति स्थानीय मतदाताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ।

टोल–टोलमा पुग्दा उनलाई वृद्धहरूको आशीर्वाद, युवाको साथ र महिलाको समर्थन मिलिरहेको छ। हामीलाई बोल्ने होइन, सुन्ने नेता चाहिएको जनताको आवाजलाई उनले आफ्नो अभियानको आधार बनाएका स्थानीय बताउँछन् ।
उनले सार्वजनिक गरेका मुख्य एजेन्डा भनेका रामधुनीलाई विश्व सम्पदा सूचीमा समावेश गराउने पहल, युवालाई स्वदेशमै रोजगारीको ग्यारेन्टी
भ्रष्टाचारमुक्त समाज निर्माण
शिक्षा, स्वास्थ्य र खानेपानी सेवा निःशुल्क बनाउने
कृषिमा आधुनिकीकरण र बजारीकरण
प्रत्येक स्थानीय तहमा गुरुकुल विद्यालय सञ्चालन
मठ–मन्दिर, गौशाला, धर्मशाला तथा धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षण रहेको उम्मेदवार यमुना केशीले बताउँनु भयो ।
जेन्जी पुस्ताका माग सम्बोधन
सञ्चार क्षेत्रको विकास र यातायात सुधार
निःशुल्क इन्टरनेट सेवा र विद्यालयमा आईसीटी ल्याब स्थापना महिलाको सहभागिता र नेतृत्वलाई प्राथमिकता रहेको छ ।
स्थानीय किसानहरूहरूका अनुसार वर्षौँदेखि वाचा मात्र सुनेका थियो । यसपटक काम गर्ने उम्मेदवार देखेकको बताउँछन् । युवाहरू पनि रोजगारी र प्रविधि सम्बन्धी योजनाले प्रभावित भएको बताउँछन्।
चुनावी माहोल तातिँदै जाँदा सुनसरी–४ मा स्वतन्त्र उम्मेदवारको रूपमा उनले देखाएको सक्रियता र जनसम्पर्क शैलीले राजनीतिक समीकरणमा नयाँ ऊर्जा थपिएको विश्लेषकहरू बताउँछन्। अब मतदाताले उनको एजेन्डालाई कत्तिको समर्थन गर्छन् भन्ने कुरा निर्वाचन परिणामले स्पष्ट पार्नेछ।