Global News

पछिल्लो वर्षमा ४० लाखभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

पछिल्लो वर्षमा ४० लाखभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

काठमाडौँ ।  पछिल्लो एक वर्षमा ४० लाखभन्दा बढी अफगान शरणार्थीहरूले आफ्नै मातृभूमि अफगानिस्तान फर्किएको छ। यो तथ्यांक अफगान शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानी ले सार्वजनिक गरेका हुन्।

ADVERTISEMENT

सन् २०२५ को सुरुदेखि हालसम्म ४० लाख ७६ हजार ८०८ जना अफगान शरणार्थीले स्वदेश फिर्ती गरेका छन्। हक्कानीका अनुसार फर्किनेहरूमा स्वेच्छाले फर्कने तथा निर्वासित समूह दुवै समावेश छन्।

अफगान मिडियाका अनुसार, स्वदेश फर्केका र अस्थायी शिविरमा बस्ने नागरिकहरूलाई अत्यावश्यक सहायता प्रदान गरी उनीहरूलाई गृह प्रान्तमा सारिएको छ।

सन् २०२१ अगस्टमा अफगान सरकारले सत्ता सम्हालेपछि ८० लाखभन्दा बढी शरणार्थीले स्वदेश फर्किसकेका छन्। ती शरणार्थीहरू मुख्यतस् छिमेकी इरान, पाकिस्तान र अन्य देशहरूबाट फर्किएका थिए।

यसका साथै, शरणार्थीसम्बन्धी काम गर्ने संयुक्त राष्ट्रसंघको निकाय ग्ल्ज्ऋच् ले पछिल्लो दुई महिनामा करिब १ लाख ५० हजार अफगान नागरिक स्वदेश फर्केको तथ्यांक सार्वजनिक गरेको छ। यो संख्या सन् २०२५ को तुलनामा उल्लेखनीय वृद्धि हो।

विशेषज्ञहरूले यो प्रवृत्ति अफगानिस्तानमा राजनीतिक स्थिरता, सुरक्षा सुधार र अन्तर्राष्ट्रिय सहयोगको प्रत्यक्ष परिणाम भएको विश्लेषण गरेका छन्। स्वदेश फर्किएका शरणार्थीहरूको पुनर्स्थापना र सामाजिक समायोजनका लागि थप योजना र सहायता आवश्यक रहेको उनीहरूले बताएका छन्।