Politics

नेसनल बास्केटबल लिगको छनोटका लागि ‘ली–निङ बास्केटबल प्रतियोगिता’ सोमबारदेखि

नेसनल बास्केटबल लिगको छनोटका लागि ‘ली–निङ बास्केटबल प्रतियोगिता’ सोमबारदेखि

काठमाडौं । आगामी हिमालयन जाभा नेसनल बास्केटबल लिगका लागि टोली छनोट गर्ने उद्देश्यसहित ‘ली–निङ बास्केटबल प्रतियोगिता’ सोमबारदेखि सुरु हुने भएको छ। नेपाल बास्केटबल संघ (नेबा) ले आयोजना गर्न लागेको यो प्रतियोगिता काठमाडौंको बौद्धस्थित डंकमाण्डु कोर्टमा सञ्चालन हुनेछ।

ADVERTISEMENT

प्रतियोगितामा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताबाट उत्कृष्ट चार टोली छनोट भई आगामी हिमालयन जाभा नेसनल बास्केटबल लिगको नयाँ सिजनमा स्थान सुरक्षित गर्नेछन्।

नेबाका अनुसार सहभागी टोलीहरूलाई तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। त्यसपछि प्रतियोगिता नकआउट चरणमार्फत सेमिफाइनल हुँदै फाइनल खेलसँगै सम्पन्न हुनेछ।

छ दिनसम्म सञ्चालन हुने यस प्रतियोगिताले देशका विभिन्न क्लबहरूबीच उच्चस्तरीय प्रतिस्पर्धा गराउँदै नयाँ प्रतिभा पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताको शीर्ष प्रायोजक खेल सामग्री कम्पनी ली–निङ रहेको छ। आयोजकका अनुसार ली–निङले ग्रासरुट तहदेखि व्यावसायिक स्तरसम्म बास्केटबल खेलको विकास र विस्तारमा निरन्तर सहयोग गर्दै आएको छ।