business

नेपाली बीमा कम्पनीहरूले अब विश्व बजारमा पुँगी लगाउने तयारी

नेपाली बीमा कम्पनीहरूले अब विश्व बजारमा पुँगी लगाउने तयारी

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले नयाँ केन्द्रीय भवन उद्घाटन गर्दै नेपाली बीमा कम्पनीहरू अब विदेशमा सेवा विस्तार गर्ने अवस्थामा पुगेको बताएका छन्। कम्पनीका अध्यक्ष हेमराज ढकालले उद्घाटन कार्यक्रममा पहिलो चरणमा दक्षिण एसिया र अफ्रिकामा सेवा विस्तार गर्न बीमा प्राधिकरणसँग सहजीकरणको आग्रह गरेका छन्। ढकालले भने, “विदेशी इन्स्योरेन्स कम्पनीहरूले नेपालमा बजार विस्तार गरेजस्तै, अब नेपाली कम्पनीहरू पनि ग्लोबल स्तरमा स्थापित हुने समय आएको छ।”

ADVERTISEMENT

यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले नियामक निकायको तर्फबाट नेपाली बीमा कम्पनीहरूको विश्व बजारमा विस्तार गर्ने योजना सफल बनाउन नीतिगत सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन्। उनले भने, “बीमा प्राधिकरणको सहजीकरणले कम्पनीहरूको विश्व बजार प्रवेशलाई गति मिल्नेछ र बीमा बजार थप विस्तार हुनेछ।”

सोही दिन आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले काठमाडौंको पानीपोखरीमा करिब ६० हजार वर्गफिट क्षेत्रफलमा रहेको १२ तल्लाको नयाँ केन्द्रीय भवन उद्घाटन गरेको छ। यस भवनमा २ तल्ला पार्किङ सुविधा समेत रहेको छ र भवनबाट कम्पनीका सबै सेवा सञ्चालन हुने छन्।