Politics

निर्वाचनमा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

निर्वाचनमा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै सरकारले निर्वाचनमा घाइते हुने सबै सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ। साथै सो अवधिमा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता प्रदान गरिनेछ। नेपाल सरकारका प्रवक्ता तथा गृहमन्त्री ओेमप्रकश अर्यालले बुधवार फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकपछि यो जानकारी सार्वजनिक गर्नुभयो।

ADVERTISEMENT

सरकारका अन्य महत्वपूर्ण निर्णयहरू

. १६औँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने।

. नेपाललाई OECD Global Forum on Transparency and Exchange of Information for Tax Purposes को सदस्यता लिन स्वीकृति दिने।

. चीन सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको ४ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने।

. चालु आर्थिक वर्षको वार्षिक बजेटमा उल्लेख बमोजिम बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने।

. बीमा ऐन, २०७९ को दफा १४० अनुसार मुद्दाको कारबाही तथा किनारा सम्बन्धी निर्णय ७७ जिल्ला अदालतलाई तोक्ने।

. न्याय सेवा आयोगको सिफारिसअनुसार दुई जना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीको पदमा पदस्थापन गर्ने।

. २०८२ फागुन २०–२२ गते निर्वाचनको सन्दर्भमा तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने।

.बेलायतका राजाद्वारा हितमान गुरुङलाई प्रदान गरिने बीइएम उपाधि ग्रहण गर्न स्वीकृति दिने।

. यातायात क्षेत्र सम्बन्धी सर्वोच्च अदालतका आदेश कार्यान्वयनको लागि गठित आयोगको कार्य अवधि एक महिना थप गर्ने।

. २१औँ Interpol Annual Heads of NCB Conference मा प्रहरी महानिरीक्षक सहभागी हुन स्वीकृत दिने।

. रायसिना इनसाइट्स फोरम २०२६ (भारत) मा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक सहभागी हुन स्वीकृत गर्ने।

. बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको शपथ समारोहमा परराष्ट्रमन्त्रीको भ्रमण समर्थन गर्ने।

. चीनको अनुदान सहयोगमा कलंकी–वसुन्धरासम्मको काठमाडौं चक्रपथ सुधार आयोजना कार्यान्वयनमा कर छुट दिने।

. नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिलाई असार मसान्तसम्म निरन्तरता दिने।

. संयुक्त राष्ट्रसंघीय महिला आयोगको ७०औँ सम्मेलनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन स्वीकृत गर्ने।

. दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधिसभा निर्वाचनपछि उपयुक्त समयमा आयोजना गर्ने।

. नेपाली सेनाका दुई जना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा र दुई जनाको सरुवा गर्ने।

. राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गरी करिडोर र जलविद्युत आयोजनाहरूको निर्माण कार्य अगाडि बढाउन स्वीकृति दिने।

. जेन–जी परिषद् गठन गर्ने।

. सचिवहरू डा। रामप्रसाद घिमिरे र डा। हरिप्रसाद लम्साललाई अनिवार्य अवकाशको जानकारी दिने।

. राजपत्रांकित विशिष्ट श्रेणीका ६ जना अधिकृतको वैदेशिक भ्रमण स्वीकृत गर्ने।

सरकारको यी निर्णयहरूले आगामी निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्ने तथा प्रशासनिक, सुरक्षा र विकाससम्बन्धी कार्यलाई सुदृढ बनाउने उद्देश्य राखेको छ।