Entertainment

निर्वाचनबीच एकल प्रदर्शनमा ‘प्रवासी जीवन

निर्वाचनबीच एकल प्रदर्शनमा ‘प्रवासी जीवन

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारदेखि नेपाली चलचित्र ‘प्रवासी जीवन’ देशभर प्रदर्शनमा आएको छ । निर्वाचनका कारण अन्य निर्माता–निर्देशकहरूले यस समय फिल्म रिलिजमा खासै चासो नदेखाएपछि ‘प्रवासी जीवन’ ले एकल प्रदर्शनको अवसर पाएको हो ।

ADVERTISEMENT

यद्यपि, देशभरका सबै हलमा भने यो फिल्म मात्र प्रदर्शनमा छैन । अघिल्ला सातादेखि प्रदर्शनमा रहेका केही नेपाली तथा विदेशी फिल्महरूले पनि निरन्तरता पाइरहेका छन् । अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संघर्ष र सफलताको कथामा आधारित ‘प्रवासी जीवन’ लाई श्याम क्षेत्री र राम अधिकारी ले संयुक्त रूपमा निर्देशन गरेका हुन् ।

फिल्ममा राजेश हमाल मुख्य भूमिकामा रहेका छन् । उनका साथमा सरिता लामिछाने, बुद्धि तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत, गगन सुवेदी तथा लोकेश भित्रिकोटी लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा प्रवासी जीवनका सुख–दुःख, आरोह–अवरोह र विभिन्न चुनौतीहरूलाई मुख्य विषयवस्तु बनाइएको छ ।

रविन आचार्य को लगानीमा बनेको यस फिल्ममा अमृत बिसुवाको छायांकन, राम अधिकारीको सम्पादन, सुवास सेन्चुरीको पार्श्व सङ्गीत तथा नवीन कार्कीको सङ्गीत रहेको छ । निर्वाचनको माहोलबीच प्रदर्शनमा आएको ‘प्रवासी जीवन’ ले दर्शकको साथ कत्तिको पाउँछ भन्ने हेर्न बाँकी नै