Politics

नाम्खा गाउँपालिका का चार मतदानस्थलमा सेनाको हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी

नाम्खा गाउँपालिका का चार मतदानस्थलमा सेनाको हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी

हुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका का चार वटा मतदान स्थलमा नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पुर्‍याइएको छ। mहिमपातका कारण नाम्खा–६ स्थित ५ हजार २०० मिटर उचाइको न्यालु लेक तथा नाम्खा–५ को ४ हजार ९४९ मिटर उचाइको नारा लेक क्षेत्रमा आवतजावत अवरुद्ध भएपछि वैकल्पिक उपायस्वरूप हेलिकप्टर प्रयोग गरिएको हो।

ADVERTISEMENT

मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले हिमपातका कारण स्थलमार्गबाट सामग्री ढुवानी गर्न समस्या भएपछि नेपाली सेनाको सहयोगमा हेलिकप्टरबाट मतदान सामग्री र कर्मचारी खटाइएको जानकारी दिए।

उनका अनुसार नाम्खा–६ अन्तर्गत हिमशिखर प्राथमिक विद्यालय ९तिल०, सुनखानी आधारभूत विद्यालय ९हल्जी० र भृकुटी आधारभूत विद्यालयमा रहेका मतदान केन्द्रसहित चार वटा मतदान स्थलमा आवश्यक सामग्री र जनशक्ति सुरक्षित रूपमा पुर्‍याइएको छ। उच्च हिमाली क्षेत्रमा निरन्तर हिमपात भइरहेकाले निर्वाचन तयारीमा चुनौती थपिए पनि समयमै सामग्री ढुवानी गरिएकाले तोकिएकै मितिमा मतदान सम्पन्न गराउन सहज हुने विश्वास निर्वाचन कार्यालयले जनाएको छ।