Politics

नागरिकसँग बाचा गरेका सबै कामको थालनी गर्ने:रवि लामिछाने

नागरिकसँग बाचा गरेका सबै कामको थालनी गर्ने:रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग बाचा गरेका सबै कामको थालनी गर्ने बताएका छन्।

ADVERTISEMENT

शनिबार बिहान चितवन निर्वाचन अधिकृतको कार्यालयमा प्रमाणपत्र लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मत माग्दा जनतासँग गरिएका बाचा पूरा गर्ने बताएका हुन्।

‘बाचापत्र हेरेर हामीलाई भोट दिएका हुन्। हामीले जेजे बाचापत्रामर्फत भनेका छौं प्रतिबद्धताका साथ पूरा गर्न सुरू गर्छौं,’ उनले भने। 

उनले नागरिकको अपेक्षाबारे जानकारी भएको र त्यसअनुसार काम गर्ने बताए। 

‘संयमित भएर, सम्हालिएर, सबैलाई सम्मान गर्दै नमात्तिकन, नआत्तिकन हामी काम गर्छौं सबैलाई निर्धक्क हुन अनुरोध गर्छौं,’ उनले भने।