Politics

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका प्रसाईंले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए। सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।

ADVERTISEMENT