धार्मिक अनुष्ठानमा प्रयोग हुने हरियो दुबो स्वास्थ्यका लागि पनि अत्यन्त लाभदायक छ। विशेषज्ञहरू भन्छन्, दुबोले ब्लड प्रेसर, मधुमेह, पिसाबसम्बन्धी समस्या, पाइल्स, आँखाका रोग, छालासम्बन्धी समस्या र मानसिक तनाव कम गर्न सहयोग पुर्याउँछ।

१. आँखा र नाकको स्वास्थ्य:
हरियो दुबोको रस तताएर आँखा बाहिर लगाउँदा आँखा चिलाउने, दुख्ने र पाक्ने समस्या कम हुन्छ। नाक फुटे वा रगत बग्ने अवस्थामा दुबोको कलिला पात पिँसेर २–३ थोपा नाकमा राख्दा आराम मिल्छ।
२. पाचन र ग्याष्ट्रिक समस्या:
दुई चम्चा दुबोको रस चौलानी पानीमा मिसाएर पिउँदा ग्याष्ट्रिक समस्यामा फाइदा पुग्छ।
३. पिसाबसम्बन्धी समस्या र पत्थरी:
दुबोको रस मिश्रीमा पानीमा मिलाएर दिनको ३–४ पटक सेवन गर्दा पिसाब पोल्ने, रगत आउँदा राहत मिल्छ। आयुर्वेद अनुसार ४०–५० ग्राम दुबो ४५ दिनसम्म सेवन गर्दा पिसाबथैलीको पत्थरी घटाउने मान्यता छ।
४. पाइल्स र छाती पोलेको समस्या:
दुबोको लेप सम्बन्धित क्षेत्रमा लगाउँदा पाइल्स निको हुन्छ। चार चम्चा दुबोको रसमा मिश्री मिलाएर सेवन गर्दा छाती पोलेको समस्या कम हुन्छ।
५. छालासम्बन्धी रोग:
एन्टि–सेप्टिक गुण भएको दुबोले छाला रातो हुने, चिलाउने, दाद, एक्जिमा जस्ता समस्या कम गर्छ। दुबो र बेसार पेस्ट बनाएर छालामा लगाउँदा लाभ मिल्छ।
६. रक्तसम्बन्धी स्वास्थ्य:
दुबोको रस एनिमिया रोकथाममा लाभदायक छ। यसले रगत सफा गर्छ र हेमोग्लोबिन स्तर बढाउँछ।
७. मानसिक स्वास्थ्य र प्रतिरोधक क्षमता:
दुबो सेवनले अनिद्रा, थकान र तनाव कम गर्छ। शरीरको रोग प्रतिरोधक क्षमता बढाउँछ।
८. अन्य लाभ:
कब्जियत, कलेजोको रोग, यौनरोग, छाती पोले, नाथ्री फुटे, जिउ चिलाउने लगायतका समस्या कम गर्न पनि दुबो उपयोगी छ।
विशेषज्ञको सुझाव:
सफा ठाउँमा उम्रिएको दुबो टिपेर पखाल्ने र रस निकालेर पानीमा मिसाएर सेवन गर्न सकिन्छ। साथै, उमालेर रस प्रयोग गर्न पनि सकिन्छ। दुबो जहाँसुकै सजिलै पाइन्छ र यसका औषधीय गुण दुर्लभ बनस्पतिसँग तुलना गर्न सकिन्छ। दुबोलाई नियमित जीवनमा प्रयोग गर्दा भित्री तथा बाहिरी स्वास्थ्यमा दीर्घकालीन लाभ पुग्छ।