Politics

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ।

ADVERTISEMENT

झापाबाट फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विमानस्थलमा मानिसहरु भेला हुने भएपछि सुरक्षा व्यवस्था कडा गरिरहेका हो ।  उनी हेलिकप्टरबाट  काठमाडौं फर्कन लागेका हुन् ।  स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा समेत लगाएको छ ।  विमानस्थलदेखि निर्मल निवाससम्म ठूलो स‌ंख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राजावादी समूहले दिउँसो १२ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं विमानस्थलमा अवतरण भएपछि स्वागत गर्ने कार्यक्रम तय गरेको छ ।  त्यसैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलमा पनि  सुरक्षा बढाइएको हो ।

बिहानैदेखि विमानस्थल प्रवेश गर्ने मानिसलाई चेकजाँच कडाइ गरिएको छ । यद्यपि चेकजाँच प्रहरीले गर्ने नियमित कार्य भएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी वसन्त रजौरेले बताए ।