Sports

तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु

तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु

काठमाडौं। तेजस्वी एकेडेमीको आयोजनामा पहिलो पटक हुने तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ। प्रतियोगितामा ब्वाइजतर्फ १२ र गल्र्सतर्फ ८ टोलीको सहभागिता रहने तेजस्वी एकेडेमीका प्रिन्सिपल थिरबहादुर बस्नेतले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

ADVERTISEMENT

बास्केटबल प्रशिक्षक दिपेश कार्कीका अनुसार ब्वाइजलाई ४ र गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ। ब्वाइज समूहका विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्ने छन् भने गल्र्स समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुगेका छन्।

प्रतियोगिताका सबै खेलहरु तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजकको आफ्नै कोर्टमा आयोजना गरिनेछ। प्रतियोगिताले युवा खेलाडीलाई अनुभव र अन्तरविद्यालय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।