काठमाडौँ । सन् २०२६ को टी–२० विश्वकपमा एसोसिएट राष्ट्रहरूले उत्कृष्ट प्रदर्शन गरे पनि समूह चरणबाट सुपर(८ मा प्रवेश गर्न सकेनन्। तर, ESPN Cricinfo ले तयार पारेको ‘टिम अफ द टूर्नामेन्ट’मा उनीहरूमध्ये चम्किएका खेलाडीहरूलाई समावेश गरिएको छ।

टिम अफ द टूर्नामेन्टका मुख्य खेलाडी:
युवराज सामरा (क्यानडा) – १९ वर्षका ओपनर युवराजले न्युजिल्यान्डविरुद्ध शतक प्रहार गर्दै एसोसिएट टोलीका लागि पहिलो पटक यस्तो उपलब्धि हाँसिल गरे।
सायन जहाँगिर (अमेरिका, विकेटकिपर) – पाकिस्तानविरुद्धको खेलमा ३४ बलमा ४९ रन बनाएर टोलीको जितको आशा जगाए।
बास डी लिडे (नेदरल्याण्ड्स) – अलराउन्डर डी लिडेले समूह चरणमा महत्वपूर्ण रन र विकेट लिएर टोलीलाई मजबुत बनाए।
दीपेन्द्रसिंह ऐरी (नेपाल) – इंग्ल्याण्ड र वेस्ट इन्डिजविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि भरपर्दा खेलाडी साबित भए।
जेरार्ड इरास्मस (नामिबिया, कप्तान) – बलिङमा ७ विकेट लिएर भारतसहित ठूला टोलीसँग प्रतिस्पर्धा गरे।
शुभम रञ्जने (अमेरिका) – भारत, पाकिस्तान र नेदरल्याण्ड्सविरुद्ध आक्रामक ब्याटिङ गर्दै अमेरिकाको मध्यक्रम सम्हाले।
बेन मानेन्टी (इटाली) – पहिलो विश्वकपमा इटालीका लागि एक्स–फ्याक्टर बने, नेपालविरुद्ध ऐतिहासिक जितमा मुख्य योगदान।
माइकल लिस्क (स्कटल्याण्ड) – अन्तिम ओभरमा ५ बलमा २२ रन बनाउँदै टोलीलाई २०० पार पुर्याए र बलिङमा ४ विकेट लिए।
शाड्ली भान शाल्क्विक (अमेरिका) – तीव्र गतिका बलर, भारत र पाकिस्तानविरुद्ध प्रभावकारी प्रदर्शन।
आर्यन दत्त (नेदरल्याण्ड्स) – अफ–स्पिनर, भारत र पाकिस्तानका माथिल्लो क्रमका ब्याटरलाई दबाबमा राखे।
क्रिशन कालुगामागे (इटाली) – लेग–स्पिनर, नेपालविरुद्ध ३ विकेट लिएर दर्शक स्तब्ध।
माइकल जोन्स (स्कटल्याण्ड) – बलियो ब्याटिङ औषत र स्ट्राइक रेटका साथ रन बनाउँदै १२ औं खेलाडीको रूपमा चयन।
यो टोलीले एसोसिएट राष्ट्रका खेलाडीहरूको क्षमताको प्रमाण प्रस्तुत गर्दै आगामी प्रतियोगितामा ठूला टोलीसँग प्रतिस्पर्धा गर्ने सम्भावना देखाएको छ।