झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट बालेन शाह विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहेका शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
मुख्य निर्वाचन कार्यालयले उनलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ।
यस निर्वाचनमा शाहले केपी शर्मा ओली लाई पराजित गरेका हुन्। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले १८ हजार ७३४ मत प्राप्त गरे। शाह र ओलीबीच ४९ हजार ६१४ मतको फराकिलो अन्तर रहेको छ।
यस वर्षको निर्वाचनमा झापा–५ सबैभन्दा चर्चित क्षेत्रमध्ये एक बनेको थियो। काठमाडौं महानगरपालिकाका पूर्वमेयर समेत रहेका शाहले उम्मेदवारी दिएपछि एमाले अध्यक्ष ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर देशभर व्यापक चर्चा भएको थियो।
ADVERTISEMENT
