Global News

जेनेभा वार्तास् रुस–युक्रेन बीच युद्ध अन्त्यमा ठोस सहमति छैन

जेनेभा वार्तास् रुस–युक्रेन बीच युद्ध अन्त्यमा ठोस सहमति छैन

एजेन्सी । रुस र युक्रेनबीच युद्ध अन्त्यका लागि स्विट्जरल्याण्डको जेनेभामा दुई दिन चलेको वार्ता कुनै ठोस सहमति बिनै सम्पन्न भएको छ। वार्तामा अमेरिका मध्यस्थ रहेको थियो।

ADVERTISEMENT

दुवै पक्षले वार्ता “कठोर तर औपचारिक” रुपमा अघि बढेको बताएका छन्। मुख्य विवादको विषय भू–भाग थियो। रुसले पूर्वी दोनेत्स्क क्षेत्रको बाँकी करिब २० प्रतिशत युक्रेनले छोड्नुपर्ने अडान राखेको थियो। तर युक्रेनले सुरक्षा ग्यारेन्टीका बिना कुनै सम्झौता नगर्ने स्पष्ट संकेत दिएको छ।

रुसी टोलीका प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्की ले छलफल कठिन भए पनि कार्यगत रहेको बताए। युक्रेनी टोलीका प्रमुख रुस्तम उमरोभ ले बैठक गहन र सारगर्भित भएको जानकारी दिए र दुवै पक्ष निर्णय राष्ट्रपति समक्ष पेश गर्ने दिशामा काम गरिरहेको उल्लेख गरे।

करिब चार वर्षदेखि युक्रेनमा जारी युद्ध अन्त्यका लागि प्रयास हुँदै आएको भए पनि अहिलेसम्म निर्णायक प्रगति हासिल हुन सकेको छैन।