Politics

जेएनजी आन्दोलनले क्षतिग्रस्त दमक भ्यु टावर अझै अस्तव्यस्त

जेएनजी आन्दोलनले क्षतिग्रस्त दमक भ्यु टावर अझै अस्तव्यस्त

झापा । झापाको दमक भ्यु टावर जेएनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको छ र ६ महिना बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन। प्रारम्भिक अनुमानअनुसार यसले २५ करोड रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएको छ।

ADVERTISEMENT

भ्यु टावर १ अर्ब ६४ करोड खर्च गरेर निर्माण गरिएको थियो र २०८१ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए। साउनदेखि सर्वसाधारणको प्रवेश खुला भए पनि हालसम्म कुनै व्यवसायिक संस्था वा कम्प्लेक्स सञ्चालनमा आएको छैन।

आन्दोलनका क्रममा भ्यु टावरको गेट, टिकट काउन्टर, सुरक्षा पोस्ट, कर्मचारी भवन लगायतमा आगजनी भएको थियो। १८ तलाको भवनका अधिकांश सिसा फुटेका छन् भने भित्री भागमा समेत ठूलो क्षति पुगेको छ। स्थानीय बासिन्दा र व्यवसायीहरू भने भ्यु टावर सञ्चालनमा नआएको कारण पर्यटन र व्यवसायिक गतिविधि प्रभावित भएको गुनासो गर्दै आएका छन्।