Entertainment

चलचित्र विकास बोर्डद्वारा ‘स्पट सिंक साउन्ड’ तालिम, २२ जना सहभागी

चलचित्र विकास बोर्डद्वारा ‘स्पट सिंक साउन्ड’ तालिम, २२ जना सहभागी

काठमाडौं । चलचित्र विकास बोर्ड ले दक्षता अभिवृद्धि वर्ष २०८२ अन्तर्गत ‘स्पट सिंक साउन्ड ट्रेनिङ’ सम्पन्न गरेको छ । छायाङ्कन स्थलमै प्रत्यक्ष ध्वनि अंकन ९लाइभ साउन्ड० प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित दुई दिने तालिममा २२ जनाको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय छायाङ्कनकै क्रममा ‘लाइभ साउन्ड’ प्रयोग गर्ने अभ्यास बढ्दै गइरहेको सन्दर्भमा अडियो भिजुअल सोसाइटी अफ नेपाल ९एभिएसएन० को संयोजनमा बोर्डले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमका अवसरमा बोर्डका अध्यक्ष दिनेश डिसी ले छायाङ्कन स्थलमै गुणस्तरीय ध्वनि अंकन गर्ने निर्देशकहरूको सोचलाई प्राविधिक रूपमा सशक्त बनाउन यस्तो तालिम उपयोगी हुने बताए । उनले करिब दुई दर्जन दक्षता अभिवृद्धि कार्यक्रममध्ये ‘स्पट सिंक साउन्ड ट्रेनिङ’ महत्वपूर्ण रहेको उल्लेख गर्दै यसको दोस्रो चरण पनि चाँडै आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए ।

कार्यक्रममा एभिएसएनका अध्यक्ष विपिन स्थापित, बोर्ड सदस्य वीरेन्द्र भट्ट, अन्तर्राष्ट्रिय चलचित्र समितिका सदस्य विष्णु शर्मा, अधिकृतद्वय हरिसिंह रैखोला र निर्मला चौलागाईं लगायतको उपस्थिति रहेको थियो । यस तालिमले नेपाली चलचित्रमा ‘डबिङ’मा निर्भरता घटाउँदै मौलिक ध्वनि तथा यथार्थपरक प्रस्तुति सुदृढ गर्न सहयोग पुग्ने विश्वास बोर्डले व्यक्त गरेको छ ।