Health & Wellness

घरमा यी ६ अत्यावश्यक औषधि राख्दा आकस्मिक स्वास्थ्य जोखिमबाट बच्न सकिन्छ

घरमा यी ६ अत्यावश्यक औषधि राख्दा आकस्मिक स्वास्थ्य जोखिमबाट बच्न सकिन्छ

चिकित्सकको सल्लाहअनुसार घरमा केही महत्वपूर्ण औषधि राख्नु आकस्मिक स्वास्थ्य समस्या र आपत्कालीन अवस्थामा प्राथमिक उपचार दिन सहायक हुन्छ। पारासिटामोल, आइबुप्रोफेन, एलर्जी औषधि, डाइजिन, हाइड्रो कोर्टिसोन मल्हम र जीवनजल जस्ता औषधिहरूले सामान्य रोग र आकस्मिक समस्याबाट राहत दिन सक्छन्।

ADVERTISEMENT

१. पारासिटामोल (Paracetamol):
दुखाइ र ज्वरो कम गर्न प्रयोग हुने पारासिटामोल हल्का देखि मध्यम दुखाइ र उच्च ज्वरो कम गर्न असरदार छ। वयस्कले सामान्यतया ५००–६५० मिलिग्राम चारदेखि छ घण्टामा लिन सक्ने छन्। बालबालिकालाई खुवाउँदा सावधानी अपनाउनु पर्छ।

२. आइबुप्रोफेन (Ibuprofen):
ज्वरो, दुखाइ र सुन्निने समस्यामा राहत दिन्छ। टाउको दुखाइ, दाँत दुखाइ वा मांसपेशी दुखाइको समयमा प्रयोग गर्न सकिन्छ। खाली पेटमा सेवन गर्दा ग्यास्ट्राइटिस हुन सक्ने भएकाले केही खानेकुरा खाएर मात्र लिनु उचित हुन्छ। उच्च रक्तचाप, मुटु रोग, दम वा आन्द्रा संक्रमण भएकाले चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ।

३. एलर्जीको औषधि:
खानपान, धुलो वा अन्य कारणले हुने एलर्जी कम गर्न घरमा राख्न सकिन्छ। यसले श्वासनली सुन्निने वा फुलिने समस्या कम गर्न सहयोग गर्छ। जीवन-रक्षासम्ममा महत्वपूर्ण भूमिका खेल्ने भएकाले आपतकालमा तुरुन्त प्रयोग गर्न सकिन्छ।

४. अपचको औषधि ‘डाइजिन’ (Digene):
बासी वा चिल्लो खाना खाँदा हुने पेट दुखाइ, वायु र अपचमा राहत दिन्छ। डाइजिनका अलावा इनो वा पुदिनहारा पनि पेट समस्या कम गर्न उपयोगी हुन्छ। चिकित्सकको परामर्शमा मात्र लामो समय प्रयोग गर्नुपर्छ।

५. हाइड्रो कोर्टिसोन क्रिम/मल्हम (Hydrocortisone Cream):
छालामा रातोपन, सुन्निने वा चिलाउने समस्या कम गर्न प्रयोग हुन्छ। बाहिरी प्रयोगको लागि मात्र, प्रभावित क्षेत्रमा पातलो तह लगाउनुपर्छ। साइड इफेक्ट सामान्यतया हल्का हुन्छ।

६. जीवनजल (Oral Rehydration Solution):
पातलो दिसा वा पखाला हुँदा शरीरको पानी र इलेक्ट्रोलाइट क्षति रोक्न प्रयोग हुन्छ। १ लिटर उमालिएको पानीमा एक प्याकेट जीवनजल मिसाएर पिउन सकिन्छ। एकपटक बनाएको जीवनजल २४ घण्टा भित्र प्रयोग गर्नुपर्छ।

विशेष सल्लाह सुझाब:
रोग वा दुर्घटना अचानक आउन सक्छ। प्राथमिक उपचारका लागि यी औषधि उपयोगी भए पनि, समस्या गम्भीर वा लामो समयसम्म रहँदा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नु अनिवार्य छ। घरमा सुरक्षित र व्यवस्थित फर्स्ट एड बक्स राख्नाले आकस्मिक स्वास्थ्य जोखिमबाट बच्न सहयोग पुर्‍याउँछ।