चर्को गर्मीमा फ्रिजको चिसो पानी पिउँदा शरीरमा देखिने असरबारे चिकित्सकहरूले चेतावनी दिएका छन्। घाममा धपिँदा वा व्यायामपछि अचानक चिसो पानी पिउँदा मुटुको धड्कनमा प्रभाव पर्न सक्छ। अध्ययन अनुसार अत्यधिक चिसो पानीले दसौं क्रेनियल नर्भ, विशेषगरी भ्यागस नर्भ उत्तेजित हुन्छ जसले मुटुको धड्कन घटाउँछ। त्यसैगरी चिसो पानीले टाउको दुख्ने, अनुहार र कपालका मांसपेशी अचानक संकुचित हुने समस्या ल्याउन सक्छ।

दाँतमा पनि फ्रिजको चिसो पानीको असर देखिन्छ। चिसो पानीले दाँतको इनामेललाई नोक्सान पुर्याउन सक्छ र पहिले नै कमजोर इनामेल भएकाहरूमा डेन्टिनका छिद्रमा असर पारेर दाँत दुख्ने, सिरिङसिरिङ हुने समस्या आउन सक्छ। पाचन प्रक्रियामा पनि चिसो पानीले असर गर्छ। शरीरले अत्यन्तै चिसो पदार्थलाई आफ्नो तापक्रममा ल्याउन ढिला गर्छ, जसले पाचन सुस्त पार्दछ र अपच वा कब्जियतको समस्या निम्त्याउन सक्छ। लगातार चिसो पानी पिउँदा पेट र ठूलो आन्द्राको स्वास्थ्यमा असर पर्न सक्छ।
तर स्वस्थ व्यक्तिले मध्यम चिसो पानी सेवन गर्दा स्वास्थ्यमा ठूलो असर हुँदैन। आयुर्वेदिक दृष्टिकोण अनुसार अत्यधिक चिसो पानीले शरीरमा तापक्रम असन्तुलन ल्याउँछ र पाचन प्रक्रियामा ढिलाइ गर्छ। तातो वा मनतातो पानी सेवन गर्दा खानेकुरा सजिलै पच्छ र शरीरमा ऊर्जा सन्तुलित हुन्छ।
साथै, गर्मीमा पौष्टिक जडिबुटी सिस्नुको महत्व पनि बढ्छ। सिस्नु मधुमेह, उच्च रक्तचाप, पाचन समस्या, हड्डी तथा मिर्गौलासम्बन्धी रोगमा उपयोगी मानिन्छ। यसमा एन्टि–हाइपरग्लाइसेमिक, एन्टि–हाइपरटेन्सिभ, एन्टि–इन्फ्लेमेटरी र एन्टि–ब्याक्टेरियल गुण पाइन्छ। सिस्नुको सेवनले ब्लड सुगर नियन्त्रण, रक्तचाप सन्तुलन, घाउ छिटो निको पार्न, पेट र मृगौलाको स्वास्थ्य कायम राख्न मद्दत पुर्याउँछ।
गर्मीमा सातु सेवनले पनि शरीरमा पोषण, ऊर्जा र शीतलता प्रदान गर्छ। सातुमा पाइने फाइबरले पाचन प्रक्रिया सुधार्छ, रक्त, मेटाबोलिज्म र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यसले शरीरको तापक्रम सन्तुलित राखेर छिटो भोक लाग्नबाट रोक्छ र लामो समयसम्म उर्जा प्रदान गर्छ। सातुको नियमित सेवनले मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, हृदय र कलेजोसम्बन्धी रोगबाट पनि बचाउँछ।
यसरी गर्मी, पाचन र स्वास्थ्यलाई सन्तुलित राख्न चिसो पानीको अत्यधिक सेवनबाट बच्नु, सिस्नु र सातुको पोषक गुणयुक्त सेवन गर्नु लाभदायक हुन्छ। चिकित्सक र पोषणविद्हरूका अनुसार यी प्राकृतिक उपायले शरीरमा ऊर्जा, रोग प्रतिरोधक क्षमता, हड्डी र मांसपेशीको विकास, मृगौला र पाचन प्रणालीको सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छन्।