Politics

काभा महिला भलिबल लिगमा पुलिसको दबदबा, सोझो सेटमा जित्दै सेमिफाइनलमा

काभा महिला भलिबल लिगमा पुलिसको दबदबा, सोझो सेटमा जित्दै सेमिफाइनलमा

काठमाडौं । नेपाल पुलिस क्लबले काभा महिला भलिबल लिगमा प्रभावशाली प्रदर्शन गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। माल्दिभ्सको मालेस्थित शोसल सेन्टस इन्डोर हलमा आइतबार भएको खेलमा पुलिसले घरेलु टोली हुर्रा सोसाइटी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।

ADVERTISEMENT

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको पुलिसले पहिलो सेट २५–१९ ले सहज रूपमा आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो। दोस्रो सेटमा भने हुर्रा सोसाइटी क्लबले कडा प्रतिस्पर्धा दिएको थियो। अन्तिम अंकसम्म प्रतिस्पर्धा चले पनि पुलिसले संयमित खेल प्रदर्शन गर्दै २६–२४ ले सेट जित्दै खेलमाथि आफ्नो नियन्त्रण कायम राख्यो। तेस्रो सेटमा पुनः लय समातेको पुलिसले आक्रामक प्रदर्शन गर्दै २५–१६ को सहज जित निकाल्दै खेललाई ३–० को नतिजामा टुंग्यायो। यो जितसँगै पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

अब पुलिस क्लबले सेमिफाइनलमा समूह ‘ए’ को विजेता कजाकिस्तानको बलियो टोली तुरान भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको महत्त्वपूर्ण मानिएको उक्त खेल सोमबार हुने तय भएको छ।