काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन्। उनले २४ हजार ५९२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरेका छन्।
यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार सपना राजभण्डारीले २ हजार ८३५ मत ल्याएकी छन् भने नेकपा एमालेका उम्मेदवार राजेश शाक्यले १ हजार ९०९ मत प्राप्त गरेका छन्।
ADVERTISEMENT
