Sports

काठमाडौंमा नेपाल–हङकङ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदै

काठमाडौंमा नेपाल–हङकङ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदै

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरेलु मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आयोजना गर्ने तयारी गरेको छ। एन्फाका अनुसार १२ चैतमा दशरथ रंगशालामा नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीले हङकङ राष्ट्रिय फुटबल टोलीसँग प्रतिस्पर्धा गर्नेछ। खेल अन्तर्राष्ट्रिय विन्डोअनुसार आयोजना गरिने जनाइएको छ।

ADVERTISEMENT

नेपाल र हङकङबीच यो तेस्रो भेट हुनेछ। ५ जुन २०२५ मा ३७ वर्षपछि आमनेसामने भएका यी दुई टोलीबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो। यसअघि दुवै टोली एएफसी एसिया कप छनोट अन्तर्गत भिडेका थिए, जहाँ पनि खेल ०–० को बराबरीमा टुंगिएको थियो।

घरेलु मैदानमा हुने आगामी मैत्रीपूर्ण खेलले नेपाली समर्थकलाई उत्साह थप्ने विश्वास एन्फाले व्यक्त गरेको छ।