Politics

ओलीको बालेनलाइ कटाक्ष : ख्यालख्यालमा प्रधानमन्त्री घोषणा गर्नेहरू”

ओलीको बालेनलाइ कटाक्ष : ख्यालख्यालमा प्रधानमन्त्री घोषणा गर्नेहरू”

 

ADVERTISEMENT

काठमाडौं — नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सोमबार दमकमा आयोजित सभालाई सम्बोधन गर्दै केही व्यक्तिहरूले ख्यालख्यालमै आफूलाई प्रधानमन्त्री घोषणा गरेको आरोप लगाएका छन्।

ओलीले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै भने, “बच्चा बच्चीलाई सोध्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ। तर त्यो बच्चो भइहाल्ने त होइन नी। यस्तै मान्छेहरूले आफूलाई घोषणा गरे।”

उनी ख्यालख्यालमा नभई सुखी नेपाली र समृद्ध नेपालको गन्तव्य तय गरेर जनता माझ आएको बताए।

अध्यक्ष ओलीले एमाले विकासको हिमायती पार्टी भएको भन्दै, सरकारले बाहिरिएपछि विकास निर्माणका काम ठप्प हुने चेतावनी पनि दिए।

“मलाई सरकारबाट हटाएपछि देश ड्राइभरबिनाको गाडी जस्तो हुन्छ। म सरकारमा आउँदा फेरि कुद्छ, मैले सरकार छाडेपछि देश उही ठाँउमा रहन्छ,” उनले बताए।

ओलीको यस्तो अभिव्यक्ति चुनाव र राजनीतिक नेतृत्वमा आफ्नो स्थायित्व र पार्टीको विकासवादको पक्षमा जनता सचेत राख्ने प्रयासका रूपमा देखिन्छ।