Politics

उपभोक्ता संरक्षण ऐन उल्लंघन गर्ने उद्योग तथा फर्मलाई कारबाही

उपभोक्ता संरक्षण ऐन उल्लंघन गर्ने उद्योग तथा फर्मलाई कारबाही

काठमाडौं ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत कार्य गरेको पाइएपछि विभिन्न उद्योग र फर्मलाई कारबाही गरेको छ।  टोखा नगरपालिका–६, टोखा रोडमा रहेको मनकामना मसला पसललाई विभागले २० हजार रुपैयाँ जरिवाना लगाएको छ। विभागका अनुसार पसलले ऐनको दफा १५ बमोजिमको काम नगरेकाले दफा ३८ (घ) र ३९ (क) अनुसार जरिवाना गरिएको हो।

ADVERTISEMENT

त्यस्तै, काठमाडौं महानगरपालिका–२९, पुतलीसडकमा रहेको फ्युजन हब प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

अनुगमन क्रममा अन्य १९ उद्योग तथा फर्मलाई पनि सामान्य निर्देशन दिइएको छ। निर्देशन पाउने फर्महरूमा मण्डन ट्रेडर्स, सुजनशील ट्रेडर्स प्रालि, केसी ग्यास सेन्टर, माँ अम्बे स्टोर, सुपा देउराली ट्रेड कन्सर्न, पञ्चकुमारी किराना पसल, इच्छित स्टोर्स, एसएस जनरल स्टोर्स, रिया स्टोर, निरञ्जना खाद्य सप्लायर्स, नवयुग इम्पेक्स, चिबहाल स्टोर, गणलक्ष्मी स्टोर, एनडीआर स्टोर, सप्त ग्रिन ट्रेडिङ प्रालि, फुल्चोकी ग्रोसर, गोल्यान एग्रो प्रालि र बीएस ट्रेडिङ प्रालि समावेश छन्।

विभागले उपभोक्ताको हक सुनिश्चित गर्न र ऐन पालन गराउन यस किसिमको अनुगमन र कारबाही जारी राख्ने जनाएको छ।