मध्यपूर्वमा बढ्दै गएको युद्धको अवस्थाबीच Mark Carney ले आफ्नो देशको सैन्य संलग्नताको सम्भावना पूर्ण रूपमा नकार्न नसकिने बताएका छन्।
अष्ट्रेलियाको राजधानी Canberra मा Anthony Albanese सँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा क्यानडाका प्रधानमन्त्री कार्नीले क्यानडा आफ्ना सहयोगी राष्ट्रहरूको साथमा उभिने बताएका हुन्। उनले क्यानेडियन नागरिकहरूको सुरक्षालाई सधैं प्राथमिकता दिने पनि बताए।
कार्नीले United States र Israel ले Iran माथि गरेको आक्रमण ‘अन्तर्राष्ट्रिय कानुन विपरीत’ देखिएको टिप्पणी समेत गरेका छन्। उनले उक्त आक्रमणबारे क्यानडालाई अग्रिम जानकारी नदिइएको र त्यसमा सहभागी हुन आग्रह पनि नगरिएको स्पष्ट पारे।
उनले United Nations वा अन्य सहयोगी राष्ट्रहरूसँग पर्याप्त परामर्श नगरी गरिएको सैन्य हस्तक्षेपले विश्व व्यवस्थामा गम्भीर असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरे।
यसैबीच क्यानडाकी विदेश मन्त्री Anita Anand ले मध्यपूर्व क्षेत्रमा रहेका करिब दुई हजार क्यानेडियन नागरिकलाई उद्धार गर्न पहल भइरहेको जानकारी दिएकी छन्। विशेषगरी United Arab Emirates, Qatar र Lebanon मा रहेका नागरिकहरूलाई चार्टर उडानमार्फत सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको जनाइएको छ।
