काठमाडौँ । इरानमा गत जनवरीको हिंसात्मक दमनपछि मत्थर भएको आन्दोलन फेरि चर्किएको छ। नयाँ सेमेस्टर सुरु भएसँगै शनिबार (Sharif University of Technology)का क्याम्पसमा विद्यार्थीहरूले प्रदर्शन सुरु गरेका हुन्।

जनवरीमा मारिएकाहरूको सम्झनामा मौन धारण गर्दै राष्ट्रिय झन्डासहित मार्चपास गरिएको थियो। त्यसक्रममा सरकार समर्थक समूहसँग झडप भएको बताइएको छ। (Shahid Beheshti University) मा शान्तिपूर्ण धर्ना दिइएको छ भने (Amirkabir University of Technology)सहित तेहरानका अन्य क्याम्पसमा पनि सरकारविरोधी प्रदर्शन भएका छन्।
गत महिना आन्दोलन दबाउन सरकारले बल प्रयोग गर्दा ठूलो संख्यामा मानिसहरूको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इन्टरनेट र सूचनामाथि प्रतिबन्धका कारण मृतकको यकिन संख्या पुष्टि गर्न कठिन भएको बताइएको छ। अमेरिकास्थित मानवअधिकारसम्बन्धी समाचार एजेन्सी (Human Rights Activists News Agency) (ह्राना)ले हजारौँको मृत्यु भएको दाबी गरेको छ। बेलायतबाट सञ्चालन हुनेले पनि ठूलो संख्यामा मानिस मारिएको जनाएको छ, यद्यपि इरानी अधिकारीहरूले आधिकारिक संख्या कम रहेको दाबी गर्दै आएका छन्।
यसबीच संयुक्त राज्य अमेरिकासँगको तनाव कायमै छ। अमेरिकी युद्धपोत USS Abraham Lincoln लामो समयदेखि अरेबियन सागर क्षेत्रमा तैनाथ छ भने USS Gerald R. Ford पनि उक्त क्षेत्रमा गइरहेको जनाइएको छ। अमेरिकी राष्ट्रपति Donald Trumpले आवश्यक परे सैन्य विकल्प खुला रहेको बताएका छन्। यद्यपि दुवै देशबीच आणविक कार्यक्रमका विषयमा अप्रत्यक्ष वार्ता जारी रहेको र हालै जेनेभामा दोस्रो चरणको वार्ता सम्पन्न भएको जनाइएको छ।