Global News

इरानमा आपतकालीन संक्रमणकालीन सरकारस् धर्मगुरूहरूले सर्वोच्च नेता चयन प्रक्रिया सुरु

इरानमा आपतकालीन संक्रमणकालीन सरकारस् धर्मगुरूहरूले सर्वोच्च नेता चयन प्रक्रिया सुरु

काठमाडौँ । इरानमा असामान्य राजनीतिक संकट उत्पन्न भएको छ। सर्वोच्च नेता आयतुल्लाह खामेनेइ र उच्च सैनिक तथा राजनीतिक नेतृत्वमा सोमबार भएको इजरायली हवाई आक्रमणपछि देशमा आपतकालीन संक्रमणकालीन प्रशासन सञ्चालनमा आएको छ।

ADVERTISEMENT

हाल इरानमा राष्ट्रपति मसुद पेजेश्कियन, प्रधान न्यायाधिस गोलाम हुसैन मोसेनी र अभिभावक परिषद्का आयतुल्लाह अलिरेजा अराफी नेतृत्वको संयुक्त संक्रमणकालीन राज्य सञ्चालन समिति सरकारले दैनिक प्रशासनिक कामकाज सम्हालिरहेको छ।

धर्मगुरूहरूले भर्चुअल बैठकमा सर्वोच्च नेता चयन

इरानका प्रमुख धर्मगुरुहरूले सर्वोच्च नेता छनोटका लागि भर्चुअल बैठक आयोजना गरेका छन्। यस पटक धर्मगुरूहरू प्रत्यक्ष उपस्थित हुन सकेनन् किनभने कुम शहरमा सोमबार भएको इजरायली हवाई आक्रमणमा ८८ सदस्यीय विशेषज्ञ सभाहल क्षतिग्रस्त भएको थियो। कुम शहर शिया इस्लामको महत्वपूर्ण केन्द्र हो। यहाँका प्रमुख धर्मगुरुहरूले सन् १९७९ को इस्लामिक क्रान्ति र राज्यको नेतृत्वमा ऐतिहासिक भूमिका खेलेका थिए।

आक्रमणमा शीर्ष नेताहरू मारिए

अमेरिकाले समर्थित इजरायली आक्रमणमा आयतुल्लाह खामेनेइका प्रमुख सहयोगीहरू, रिभोलुसनरी गार्ड्स कर्प्सका उच्च कमाण्डरहरू र अन्य शीर्ष नेता मारिएका रिपोर्ट गरिएको छ। खामेनेइका छोरा मोजतबा खामेनेइ सर्वोच्च नेताका दाबेदार मध्ये एक भए पनि उनको हालको अवस्था अज्ञात छ।

विशेषज्ञहरूका अनुसार, खामेनेइको उत्तराधिकारी छनोट प्रक्रिया तत्काल सुरु गर्नु आवश्यक छ किनभने देशमा राजनीतिक अस्थिरता बढ्दो छ। संक्रमणकालीन समिति प्रशासनको नेतृत्वमा सरकारको दैनिक कामकाज नियमित रूपमा सञ्चालन भइरहेको छ, तर सुरक्षा चुनौती र अन्तर्राष्ट्रिय दबाबका कारण राजनीतिक निर्णयहरू तीव्रता लिनु आवश्यक छ।

इरानी राजनीतिक विश्लेषकहरूले भनेका छन् कि कुमबाट भइरहेको भर्चुअल बैठकले शिया धर्मगुरूहरूको ऐतिहासिक अधिकार र निर्णय प्रक्रियालाई कायम राख्दै सर्वोच्च नेताको चयनमा मार्गदर्शन गर्नेछ। यस घटनाले इरानको आन्तरिक राजनीतिक संरचना मात्र नभई मध्यपूर्वमा सुरक्षा र कूटनीतिक परिदृश्यमा पनि ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।