Politics

इटहरीमा दुई नेता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

इटहरीमा दुई नेता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

इटहरी | राष्ट्रिय प्रजातन्त्र पार्टी का युवराज घिमिरे (गोपाल ) बुधबार  औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्नुभएको छ। इटहरी–२०, तामाङ टोल एलेम्बर चोकमा आयोजित कार्यक्रममार्फत उहाँलाई पार्टीमा स्वागत गरिएको हो।

ADVERTISEMENT

युवराज घिमिरेले नयाँ राजनीतिक यात्रामा इमान्दारिता, पारदर्शिता र जनसेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
यसैगरी, इटहरी–२ निवासी शान्तिराम खनाल (गोविन्द खत्री) ले पनि सोही अवसरमा पार्टी प्रवेश गर्नुभएको छ। उहाँ यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा आबद्ध रहनु भएको थियो र त्यहाँबाट अलग भई रास्वपामा आवद्ध हुनुभएको हो।

नवप्रवेशी दुवै नेताहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी इटहरीका सदस्य विकाश भण्डारीले खादा तथा टीका लगाएर स्वागत गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उनले पार्टीको संगठन विस्तार र वैकल्पिक राजनीतिक शक्तिको रूपमा रास्वपाको भूमिका अझ सशक्त बनाउने उद्देश्यले नयाँ सदस्यहरूलाई जिम्मेवारी दिइने उल्लेख गर्नुभयो।
पार्टी प्रवेशसँगै इटहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठनात्मक सुदृढीकरणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। पार्टी प्रवेश कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ।