business

इटहरीको शिक्षादिप एकेडेमी स्कुलमा फुस्ट फेस्टिभल

इटहरीको शिक्षादिप एकेडेमी स्कुलमा फुस्ट फेस्टिभल

इटहरी | विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले इटहरीको शिक्षादिप एकेडेमी स्कुलको आयोजनामा ‘फुड फेस्टिभल’ आयोजना गरिएको छ। 
इटहरी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको तम्घासस्थित शिक्षादिप एकेडेमी स्कुलमा अतिरिक्त क्रियाकलापअन्तर्गत आज आयोजित ‘फुड फेस्टिभल’मा कक्षा १ देखि १० सम्मका विद्यार्थीको  सहभागिता थियो। 
विद्यार्थीले विभिन्न खानाका परिकार बनाएर बिक्री गरेका छन्। 
किताबी ज्ञान सँगसँगै व्यबाहारी ज्ञान सिकेर व्यापार व्यवसायको विषयमा जानकारी पाएको विद्यार्थीहरूले जनाए । 
यस्तै विद्यालयका शिक्षक, अभिभावक र स्थानीय निकायले यस्तो कार्यक्रम विद्यार्थीको चाैतर्फी विकासका लागि महत्वपूर्ण भएको अभिभावकहरुले जनाए ।फेस्टिभलले विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यवसायिक अनुभव दिलाउने उद्देश्य राखिएको स्कुलका शिक्षकले बताए। 

अनुसार विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक सीप सिकाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ। १० वटा स्टल रहेको फेस्टिभलमा सेलरोटी, खीर, अचार, गुलाबजामुन, पानीपुरी, चटपटे, आलुचप, मःम, पकौडा, फलफूल र ब्रेड रोललगायत दर्जजौँ खानाका परिकार राखिएको थियो। 
विद्यालयका प्रधानाध्यापक सहदेभ काफ्लेले सो कार्यक्रमले विद्यार्थीहरूभित्र अन्तर्निहित प्रतिभा पहिचान गर्न सहयोग पुगेको बताए। 
कार्यक्रममा विद्यार्थी , अभिभावक ,शिक्षक लगाएत उपस्थिति रहेको थियो। स्कुलमा ४ सय ८४ बन्दा बढि विद्यार्थीहरू अध्यनरत रहेका  छन् ।

ADVERTISEMENT