Global News

अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालयमा बजेट अभाव, डेमोक्र्याट–रिपब्लिकन विवादले कामकाज ठप्प

अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालयमा बजेट अभाव, डेमोक्र्याट–रिपब्लिकन विवादले कामकाज ठप्प

वासिङ्टन डीसी ।  बजेट अभावका कारण अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालय को कामकाज ठप्प भएको छ। अमेरिकी सिनेटले मन्त्रालयको लागि खर्च विनियोजन विधेयक पारित गर्न सकेको छैन, जसको कारण अमेरिका सरकारका आप्रवासन निकायहरूमा अस्थिरता बढेको छ।

ADVERTISEMENT

डेमोक्रेटिक पार्टीका सांसदहरूले अध्यागमन एजेन्टहरूमाथि नयाँ प्रतिबन्ध लगाउने माग गर्दै विधेयकको विरोध गरिरहेका छन्। उनीहरूले एजेन्टहरूले मास्क लगाउन नपाउने, बडी क्यामेरा अनिवार्य हुने, जातीय प्रोफाइलिङ रोक्ने र निजी सम्पत्तिमा प्रवेशअघि न्यायिक अनुमति अनिवार्य गर्ने जस्ता सुधार माग गरेका छन्।

डेमोक्र्याट नेता चक शुमर ले यी सुधार बिना बजेट स्वीकृत नहुने दाबी गरेका छन्। अर्कोतर्फ, रिपब्लिकन सांसदहरू यस्तो प्रतिबन्धले आन्तरिक सुरक्षा काममा असर पर्ने तर्क गर्दै विधेयक पारित गर्न दबाब दिएका छन्।

शनिबार मध्यरात नजिकिँदै जाँदा अनिश्चितता बढेको छ। बिहीबार खर्च विधेयकमाथि भएको मतदानमा थोरै मतले विधेयक पारित हुन सकेको थिएन। यस विवादले अमेरिकी सुरक्षा निकायको कामकाजमा ठुलो असर पार्ने खतरा देखिएको छ।